क्यानाडासँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्दै नेपाली क्रिकेट टिम

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाको भ्रमण गर्ने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जानु अघि नेपाली टिम क्यानाडाको भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) स्राेतले इकागजलाई जानकारी दिएकाे छ ।
स्राेतका अनुसार क्यानाडा भ्रमणका क्रममा नेपालले क्यानाडासँग ३ खेलको टी-ट्वान्टी तथा समान ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
यस अघि लिग-२ अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नै क्यानाडा जाने योजना बनाएको थियो तर अमेरिकाको भिसा प्रकृयामै लामो समय लागेको थियो जसका कारण नेपालको क्यानाडा भ्रमण सफल हुन सकेन् ।
तर स्कटल्यान्ड भ्रमण अघि नेपाली टिम जुन २४ वा २५ तारिखमा क्यानाडाको भ्रमण गर्ने भएको छ । उक्त भ्रमण स्कटल्यान्डमा हुने सिरिजको तयारीको रुपमा रहनेछ ।
स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिवियाबीच हुनेछ । उक्त सिरिज जुलाई १० बाट सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुलाई ११ मा नामिवियाविरुद्ध खेल्नेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया