होटल बाहिर युवा मृत फेला

भैरहवा- होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थनगर-३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्क नजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरू बसेका थिए । समूहमा बसेका युवामध्ये एक जनाको मृत्यु भएको हो ।
मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का बासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।
सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन् । २ जना राति नै भागेका हुन् । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_k4miDy1biw_aspbqzk8qkvhfdoosmujjxablxwzef4otckhk6lexz5pogci44ertbbpddov.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_bllj3sgKUc_qlyf8rnwk5boc3i7dtzssoiedckujzprcsn5k4ugdsbcqghroji2nwldqw4z.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया