कति खुल्यो काठमाडौँको मौसम (फोटो फिचर)

काठमाडौँ : बिहीबार काठमाडौँ उपत्यकाको मौसम केही खुलेको छ । एक हप्तादेखि वायु प्रदूषणका कारण धुवाँ र धुलोका कणले भरिएको काठमाडौँको आकाश बिहीबार केही खुलेको हो । बुधबार राती परेको पानीले प्रदूषणको मात्रा घटेको र मौसम खुलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद राजु प्रधानांगका अनुसार बिहीबार पनि पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा बिहीबार पानी पर्ने सम्भावना बढेको हो ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद् प्रधानाङ्गले बताए । उनका अनुसार पानी परेपछि एक हप्तादेखि धुम्मिएको काठमाडौँको आकाश केही सफा देखिएको छ । यद्यपी वायु प्रदूषण भने पूर्ण रुपमा हटिसकेको छैन ।
तराईका जिल्लामा लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआएसम्म प्रदूषण हट्ने सम्भावना कम रहेको मौसमविद्को भनाइ छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया