जनतालाई इन्डक्सन चुलो होइन, बिजुलीको अनवरत आपूर्ति र महसुल घटाइदिए पुग्छ : सांसद शाक्य
काठमाडौं–सांसद सुजिता शाक्यले सरकारलाई जनतालाई इन्डक्सन चुलो होइन, विजुलीको अनवरत आपूर्ति र महसुल घटाइदिन आग्रह गरेकी छिन् । संसद्मा जारी मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले विद्युत महसुल घटाउन आग्रह गरेकी हुन् । ‘जनतालाई इन्डक्सन चुलो होइन विजुलीको अनवरत आपूर्ति र महसुल घटाइदिए पुग्छ भन्ने कुरा राखेका छन्,’ उनले भनिन्, ‘जनआवाजको सुनुवाई होस् ।’
उनले सरकारले विद्युतको खपत बढाउने भए पनि महसुल महंगो भएका कारण खपत बढाउन मुस्किल हुने बताइन् । ‘सरकारले विद्युतको खपत बढाउन भनेर धेरै कुरा गरेको छ,’ उनले भनिन्, ‘तर उपभोक्तालाई भने चर्को मूल्यमा खपत गर्न बाध्य बनाउने स्थिती बनाउँदा खपत कसरी बढ्छ । यसरी त ल्हास्सामा सुन छ कान मेरो बुच्चै भने जस्तै भएन ।’
सांसद शाक्यले इन्डक्सन चुलो वितरण गर्ने कुरा पनि स्यानिटरी प्याडको योजना जस्तै हुने त होइन भन्दै व्यंग्य समेत गरेकी छिन् । ‘सरकारले विद्युतको खपत बढाउने भनेर इन्डक्सन चुलो वितरण गर्ने योजना ल्याएको छ,’ उनले भनिन्, ‘यसको औचित्य कति छ । सोचनीय छ । सरकारले जनतालाई साँच्चै नै माया गर्ने हो भने त्यसैसँग तपेस र त्यसमा पकाउने सामग्री पनि बाँडे जनताले राहत पाउँथे । तर यो इन्डक्सन चुलोको कथा पनि स्यानिटरी प्याडको जस्तै हालत त हुने होइन ?भन्ने मलाई चिन्ता लागेको छ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया