‘प्रेमगन्ज’मा बेनिशा अनुबन्धित, तेजसँग बाँधिनेछ जोडी

काठमाडौं : अडिसनमार्फत् कलाकार छानेको ‘प्रेमगन्ज’ले मुख्य अभिनेत्रीका लागि बेनिशा हमाललाई फाइनल गरेको छ । निर्देशक परिच्छेद सेनले बेनिशासँग कागजी सम्झौतासमेत भइसकेको जानकारी गराएका छन् । परिच्छेदले फिल्मका लागि तेज गिरीलाई पनि अनुबन्ध गरेको जनाएका छन् ।
मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । परिच्छेदले यसअघि नै फिल्मका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् ।
बेनिशाबाहेक सबैले पहिलो पल्ट ठूलो पर्दाको फिल्ममा अभिनय गर्न लागेका हुन् । फिल्मको सुटिङ यही चैतको २५ गतेबाट सुरु हुँदैछ । फिल्मको काभ्रे, जिरी र काठमाडौंमा सुटिङ हुने निर्माण टिमले जनाएको छ । फिल्मलाई चलचित्र चौतारीले निर्माण गर्न लागेको हो ।
‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी बेनिशा बीचको समयमा फिल्म पढ्ने सिलसिलामा मुम्बईमा थिइन् । लकडाउनको बीचमा नेपाल आएकी बेनिशाले
‘भाँडाकुटी’ साइन गरेकी थिइन् । तर, यो फिल्मको अझै सुटिङ सुरु भएको छैन । यसैबीच उनले ‘प्रेमगन्ज’ साइन गरेकी हुन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया