सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

२१ वर्षीया युवतीलाई जबरजस्ती करणीको अभियोगमा ७४ वर्षीय वृद्ध पक्राउ

फाइल तस्बिर

काठमाडौँ- जर्बजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक वृद्ध पक्राउ परेका छन् । २१ वर्षीया युवतीलाई जर्बजस्ती तथा हाडनाता करणी गरेको अभियोगमा उनकै ७४ वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 साइनोले ठूलोबुबा पर्ने व्यक्तिलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । ती वृद्धले महिलालाई खेतबारीमा करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।