सप्तरीका मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मिटर ब्याजको नाममा ठगी गर्ने सप्तरीका रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई शुक्रबार मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले इकाजगलाई जानकारी दिए ।
तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को ब्याजमा ऋण दिएर उनीहरुको जग्गा र जेथा हडप्ने गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । यस विषयमा प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले मिटरब्याजीलाई पक्राउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया