सामसँग ब्रिट्नी स्पेयर्सको विवाह

लसएन्जल्स - गायिका ब्रिट्नी स्पेयर्सले प्रेमी साम असघरीसँग बिहीबार विवाह गरेकी छिन् । मुठ्ठीभर मान्छेको उपस्थितिमा उनले लसएन्जल्समा विवाह गरेको समाचार छ । सात महिना अघि मात्र अदालतले उनलाई बुबाको कन्जरभेटरीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।
ड्रग्सको कुलतमा फसेकी ब्रिटनीलाई सो व्यवस्थाले विवाह गर्ने र बच्चा पाउने अधिकारमा पनि रोक लगाएको थियो । सात महिनाअघि अदालतमा बहस हुँदा उनले सो अदालती व्यवस्थाका कारण आफूले न विवाह गर्न पाएको न बच्चा जन्माउन पाएको भन्दै १३ वर्ष लामो कन्जरभेटरसिपबाट मुक्त गर्न अदालतसमक्ष गुनासो गरेकी थिइन् ।
उनको विवाहमा परिवारबाट कोही पनि उपस्थित नभएको जनाइएको छ । ब्रिट्नीको पहिलेका श्रीमानबाट दुई छोरा छन् । यी दुई छोराबाहेक विवाहमा ब्रिट्नीको बुबा र बहिनी कोही पनि उपस्थित नभएको समाचार छ ।
सीमित साथीलाई निमन्त्रण गरेको ब्रिट्नीको विवाहमा पेरिस हिल्टन र ड्रिउ ब्यारीमोर मात्र उपस्थित भएको जनाइएको छ । सामसँग ब्रिट्नी ५ वर्षदेखिसँगै बस्दै आएकी थिइन् । सन् २०१६ मा एउटा म्युजिक भिडियोको सुटिङमा भेटिएका साम ब्रिटनीभन्दा १२ वर्ष कान्छा छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया