बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

आबुँखैरेनीमा सडक भासिएर दुर्घटना परेको कारको नम्बर र एक मृतककाे पहिचान खुल्याे

पाेखरा- पृथ्वी राजमार्गको आबुँखैरेनीमा सडक भासिएर दुर्घटनामा परेकाे कारकाे नम्बर र मृतक एककाे पहिचान खुलेकाे छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याममा सडक भाँसिएको ठाउँबाट कार खस्दा ज्यान गुमाउने २ मध्ये एक जनाकाे पहिचान खुलेकाे हो ।

मर्स्याङ्‌दी नदी किनारमा भेटिएकाे शवकाे पहिचान खुलेकाे र अर्काे एक जना कार च्यापिएकाे अवस्थामा रहेकाे ईलाका प्रहरी कार्यालय आबुँखैरेनीका सई बासुदेब थापाले जानकारी दिए ।

शुक्रबार बिहान करिब ४.३० बजे बा १० च ४६७९ नम्बरकाे कार दुर्घटनामा परी गाेरखाकाे सिरानचाेक गाउँपलिकाका केशव घिमिरेकाे ज्यान गएकाे उनले जानकारी दिए ।

कार अप्ठेराे स्थानमा रहेकाले उद्दार कार्यमा केही ढिला भएकाे छ । उक्त स्थानमा अहिले उद्दार कार्य चलिरहेकाे उनले बताए ।