पहिरोले लमजुङको चिसोपानीका दुई घर उच्च जोखिममा

लमजुङ - पहाडी जिल्लामा लमजुङको बेँसीशहर नगरपालिका वडा नं. २ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ ।
गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिम बढेको हो । चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर विक र शालिमा विकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढदै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताए ।
करिव ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रस्त भएको उनको भनाइ थियो।
राति सुत्दा पनि डराई डराई सुत्ने गरेको र बढी पानी आउँदा रातभर जाग्राम बस्न थालेको पीडित लालबहादुरले बताए । उनले भन्नुभयो, विगत केही वर्षदेखि अलि अलि पहिरो जाने गरेको थियो तर यसवर्ष त ठूलो पहिरो नै गएर घर नै जोखिम बनाउँदा चिन्ता बढेको छ ।
अर्का रनबहादुर विकको घर गत २२ गते सोही पहिरोले घर भत्काएको थियो । घरमा कुनै मान्छे नबस्ने भएकाले त्यसबेला मानवीय क्षति भने भएन ।
त्यस्तै हिरासिंह गुरुङकै कुखुराको फर्म र टनेल पनि जोखिममा पुगेको छ । सो पहिरोका कारण गत २२ गतेयता चिसोपानीदेखि बासपानी जाने सडक नै अवरुद्ध भइरहेको छ । रासस

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया