रिपब्लिकलाई हराउँदै पोर्चुगलको दोस्रो जित

काठमाडौँ- चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।
शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाँकी समय दुबै टोलीले गोलको मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।
जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ ।
आज नै भएको खेलमा स्विजरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया