सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

फाइल फोटो

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२/१२ रुपैयाँ मूल्य बढाएको हो । 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ । 

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।