बालुवाटारमा प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर शाहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेटवार्ता भएको हो ।
भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले मेयर शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।
प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।
नियमित उठ्न नसकेपछि काठमाडौँ उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएको छ । फोहोर विसर्जन गरिँदै आएको बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । गत आइतबार सरकार, महानगर र प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच सहमति भए पनि स्थानीयले अवरोध जारि राखेका छन् ।
फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका वासिनेदासँग भोलि फेरि छलफल हुँदैछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया