मकवानपुर गोल्डकपः घरेलु टोली विजय युथ सेमिफाइनल प्रवेश

मकवानपुर - हेटौंडामा जारी चौथो सहिद स्मृति स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली विजय युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
हेटौडाको पिप्ले क्याम्प रङ्गशालामा जारी प्रतियोगिता घरेलु टोली विजय युथ क्लब नवजनजागृती युवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। विजय युथ र नवजनजागृतीबीच बुधबार निर्धारण गरिएको खेल बर्षाका कारण स्थगित भएको थियो । स्थगित खेल आज बिहीबार खेलाइएको थियो ।
विजय युथ र नवजनजागृती बीच भएको खेल पहिलो हाफमा गोल रहित भएको थियो । दोस्रो हाफको ९ औँ मिनेटमा विजय युथका अमिर श्रेष्ठले पहिलो गोल गरेका थिए। दोस्रो हाफको १९ औँ मिनेटमा विजयी युथका सञ्जोग राईले दोस्रो गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको थप अतिरिक्त समयमा सुनिल घलानले गोल गर्दै ३ का शुन्य गोल अन्तरले घरेलु टोली अन्तिम ४ मा पर्न सफल भएको हो। उक्त खेलको म्यान अफ द म्याच विजय युथका सुनिल घलान नै भए । उनले नगद १० हजार हात पारेका छन्।
३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।
मोफसलको यो सबैभन्दा ठुलो धनराशिको यो प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया