चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु
सप्तरी - सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।
दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.ली लग्ने क्रममा बाटाेमै मृत्यु भएको हो ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया