सरकारको नीतिले सेयर बजार अशान्त भयो : योगेश भट्टराई
काठमाडौँ - नेकपा एमालेका सांसद योगेश भट्टराईले सेयर बजार घटेको भन्दै संसद्मा कुरा उठाएका छन् । सेयर बजार निरन्तर घटेको भन्दै उनले ४/१२ को नीतिले बजार अशान्त भएको बताएका हुन्।
दलका नेता तथा मन्त्रीहरूको अभिव्यक्तिले सेयर बजार अशान्त भएको भन्दै शेयर धितो कर्जामा लागू गरिएको ४/१२ को नीति संशोधन जरुरी नरहेको बताएका हुन् ।
संसद्मा बिहीबार बोल्दै उनले जुनसुकै व्यवस्था भएका मुलुकमा सेयर बजार त्यो देशको अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ भन्दै यो सरकार आएपछि शेयर बजार अशान्त बनेको बताए ।
सरकारले बिना अध्ययन सेयर बजारका नीतिहरु संशोधन गर्न नहुने बताउँदै भावावेशका आधारमा नीति संशोधन नगर्न सरकारलाई आग्रह गरे । उनले असार १ गतेबाट शेयर धितो कर्जाको जोखिम भार १ सयबाट १ सय ५० पुर्याउन लागिएको भन्दै उनले त्यसरी भार बढाउने कुराले सेयर बजारमा हलचल र समस्या ल्याउने बताए । भट्टराईले बैंक तथा वित्तीय संस्थालाई पनि कम्पनीको कुल पुँजीको १० प्रतिशतसम्म सेयर किन्न पाउने व्यवस्था गरे शेयर बजारलाई राम्रो हुने बताए ।
उनले भने, ‘यस्तो महत्वपूर्ण अर्थतन्त्रको क्षेत्र आज केही महिनादेखि अशान्त छ । अलिकति समस्याग्रस्त छ यो सरकार बनेपछि । यो सरकारमा सामेल वरिष्ठ नेताहरुको अभिव्यक्तिबाट, केही मन्त्रीको अभिव्यक्तिबाट ।’ उनले आज पनि सेयर धितो कर्जाको सीमा एउटा बैंकबाट चार करोड र बढीमा १२ करोडसम्म रहेको बताउँदै यसलाई हेरफेर गर्ने प्रयास भइरहेको बताए ।
पछिल्लो समयमा सेयर बजारमा लगानीकर्ताका संगठनहरुले उक्त नीति संशोधन गर्न दबाब दिइरहेको तर्फ लक्षित गर्दै भट्टराईले भने, ‘त्यो किन हेरफेर गर्ने ? त्यसले के असर गर्छ रु त्यसले यसअघि लिइरहेको कर्जाको स्थिति के हुन्छ रु ब्रोकरहरूबाट मार्जिन कर्जाको व्यवस्था नहुँदै ४/१२ को नीतिमा संशोधन हुँदा के हुन्छ ?’ भट्टराइले भने।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया