गलत शैक्षिक योग्यता प्रमाणित गर्नेहरूविरुद्ध भ्रष्टाचार अभियोग

काठमाडौं - राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहितका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोग लगाएको छ । न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारामहरू ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिने र स्वीकृत गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा लगाएको हो ।
बोर्डले २०७२ असोज २ मा पदपूर्तिका लागि विज्ञापन गरेको थियो । आयोगले कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई ‘बद्नियतपूर्वक’ नियुक्ति दिएको अभियोग उनीहरुविरुद्ध लगाएको छ ।
आयोगका अनुसार, बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको, दरखास्त स्वीकृत गर्ने कर्मचारीहरुले प्रचलित कर्मचारी सेवा सम्बन्धी विनियमालीविपरीत काम गरी भ्रष्टाचारजन्य काम गरेका छन् ।
आयोगले तत्कालीन कार्यकारी निर्देशक गौतमसहित दरखास्त स्वीकृत गर्ने तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीलाई पनि अभियुक्त बनाएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार, त्यसरी गलत प्रतिवेदन दिनेलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुन्छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया