सेयर बजार फेरि घट्यो : परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ – साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार परिसूचक १७ दशमलव ५८ अंकले घटेको हो । साताको कारोबारको सुरुवात देखिनै निरन्तर घटेको बजार बुधबार भने अप्रत्यासित रूपमा ६० अंकले बढेको थियो ।
बुधबारको कारोबारमा ६० अंक बढेर २०८० दशमलव ४४ अंकमा उक्लिएको बजार आज करिब १८ अंक घटेर परिसूचक २०६२ दशमलव ८६ अंकमा ओर्लिएको छ।
आज सेयर बजार परिसूचक बिन्दु शून्य दशमलव ८५ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ३.९९ अंक अर्थात १ प्रतिशतले घटेर ३९६ दशमलव ३९ अंकमा झरेको छ । त्यस्तै फ्लोट १.०६ अंक तथा सेन्सेटिभ फ्लोट १.०८ अंकले घटेको छ।
बजार घट्दा आज १ अर्ब ४७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार २ सय २९ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रूपैयाँको ४१ लाख ५६ हजार १ सय ४ कित्ता सेयर ३० हजार ७ सय ६२ पटकमा खरिद बिक्री भएको छ।
उल्लेख्य रूपमा बजार घट्दा उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ । आज उपकार १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२ रूपैयाँमा उक्लिएको छ । अन्य बढी कारोबार गर्ने कम्पनीहरूमा बलेफी हाइड्रो, एनएमबि ऋणपत्र, मिथिला लघुवित्त लगायतका कम्पनी बढी कमाउने कम्पनी रहेका छन् ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, सिंगटी हाइड्रो, समिट लघुवित्त, इमर्जिङ नेपाल लगायतका कम्पनी बढी गुमाउने कम्पनी रहेका छन् ।
उप-समूहतर्फ मंगलबार १३ ओटै समूह राताम्मे भएका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया