भुसाल र पाण्डे पनि ६ महिना निलम्बित

काठमाडौँ : नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गरेको छ । वरिष्ठ नेता माधवकुमार रावल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेको एमालेले बिहीबार भुसाल र पाण्डेलाई पनि निलम्बन गरेको हो ।
दुई–दुई पटक स्पष्टीकरण पत्र पठाएका भुसाल र पाण्डेले चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेको बताएका छन् । ओलीले पाटी सचिवालयलाई भुसाल र पाण्डेलाई निलम्बन गरेको जानकारी गराएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी अनुशासन विपरित काम गरिरहे निलम्बन गरेकाहरूमाथि थप कारबाही हुने बताएका छन् ।

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

प्रतिक्रिया