राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन कायमै, अन्य औद्योगिक कच्चा वस्तु आयातमा मार्जिन नचाहिने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडाको आयात खुला गरेको छ । यी वस्तुको औद्योगिक प्रयोजनका लागि गरिने आयातमा पनि एलसी मार्जिन सम्बन्धी व्यवस्था कायम नै राखेको छ ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै आएको शतप्रतिशत एलसी मार्जिनको व्यवस्था कायम राखेको छ । यी बाहेकका अन्य औद्योगिक कच्चा वस्तु आयातमा भने एलसी मार्जिन आवश्यक नभएको बताइएको छ ।
एकीकृत परिपत्र २०७८ को १.१.१५ मा 'विउ विजन ऐन, २०४५ ले नेपालमा सुचीकृत एवम् दर्ता भएका विउ विजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेकोले उक्त ऐनमा सुचीकृत भएका बालीहरुको विउ तथा विरुवाहरु मात्र आयात गर्नु पर्नेछ। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत नेपाल सरकारले समय समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू सोही बमोजिम हुनेछ।
साथै, भन्सार उप शीर्षक ०७१३.१०.०० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल ८०,००० (असी हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल २५,००० ( पच्चीस हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी, भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि कूल ५,००० (पाँच हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी र भन्सार उपशीर्षक ०९०४.११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७५ अवधिको लागि कूल १५,००० (पन्ध हजार) मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने परिमाणात्मक बन्देज लगाइएको हुँदा सोही व्यवस्थाको अधीनमा रही विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिनेछ।' व्यवस्था थियो ।
बैंकले आज सर्कुलर गरेको सूचनमा भन्सार शिर्षक नम्बर ०७१३.१०.००, ०८०२.८०.००, ०८०२.९०.०० र ०९०४.११.०० मा आयात हुने वस्तुहरु औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिमा सम्बन्धित उद्योगले नै आयात गर्न सक्ने हुदाँ उक्त व्यवस्थाको अधीनमा रही विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्न सकिने उल्लेख छ।
यसैगरी, उल्लेखित वस्तुहरू बाहेकका कच्चा वस्तुको हकमा मार्जिन र सर्तहरुसम्बन्धी व्यवस्था लागू नहुने उल्लेख छ। राष्ट्र बैंकले केही समयअघि आयात निरुत्साहीत गर्दै विदेशी मुद्राको सञ्चिती जोगाउन शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया