सौरभको तेस्रो ‘असहमति’

काठमाडौँ : लेखक सौरभले ‘असहमति’ नाममै तेस्रो पुस्तक ल्याउँदै छन् । राजनीतिक विश्लेषक समेत रहेका सौरभको यो पुस्तक यसै चैत अन्तिम साता सार्वजनिक हुने भएको छ । बुक-हिल पब्लिकेसनले बिहीबार एक प्रेस नोट सार्वजनिक गर्दै सौरभको पुस्तक सार्वजनिक हुने जानकारी दिएको छ ।
‘इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन्’ बुक-हिलले जारी गरेको उल्लेख छ ।
पुस्तकबारे सौरभ भन्छन्, ‘कुनै पनि देशको अनुहार छिमेकीको जस्तो हुनुहुँदैन । उत्तरी र दक्षिणी मिलेर बेइमानीका लागि यही देशलाई तगारो बनाउने किन ? जो जति भौगोलिक विभाजनका कुरा गर्छ, इतिहासलाई गाली गर्छ । उति उसको पुर्खाले यो देशलाई कुनै योगदान दिएको रहेनछ भनेर म बुझ्ने गर्छु । पुस्तकमा मेरा यस्ता राजनीतिक विमतिहरू धेरै छन् ।'
६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन, विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन । तीन सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया