‘लेभल मिलेन बाउ बोला’ गाउने ‘जी बब’ले ‘फाइनल्ली’ भेटे सारालाई

काठमाडौँ- युवापुस्ताका चर्चित र्यापर जी बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको टेन एक्स क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।
भिडियोलाई निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । भिडियोमा नायिका सारा सिरपाइली र मोडल डेलविसले अभिनय गरेका छन् । अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।
ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । र्यापर जी बब मिलेन लेभल तेरो बाउ बाेला ए..का गायक हुन् । उनले 'ए मेराे हजुर ४'को प्रमाेसनल गीत पनि गाएका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया