सँगै दार्जिलिङदेखि जन्मदिनको विशेष शुभकामनासम्म , के आज्ञाको प्रेममा छन् अनमोल ?

काठमाडौं : अनमोल केसीको स्टारडमको एउटा सूत्र हो, पर्दापछाडि बस्न सक्ने खुबी । फिल्मको प्रमोसनबाहेक उनलाई सार्वजनिक जीवनमा देख्न मुस्किल पर्छ । त्यसैले दर्शक उनको निजी जीवनबाट बेखबर हुन्छन् । यसले न उनको अफेयरको खबर थाहा हुन्छ न ब्रेकअपको ।
अनमोलले सबैले थाहा पाउने गरी प्रेम गरेका थिए, ‘जेरी’ को–स्टार आना शर्मासँग । ‘जेरी’को सुटिङदेखि सुरु भएको प्रेम ‘ड्रिम्स’को सुटिङ सुरु भएसँगै सकिएको थियो । ‘ड्रिम्स’ सुटिङको क्रममा अनमोल साम्राज्ञी राज्यलक्ष्मी शाहसँग नजिकिएको आशंकामा विवाद बढ्दै गएपछि अनमोल र आनाको ब्रेक भएको थियो ।
आनापछि अनमोलको अफेयरको गाइँगुइँ चल्यो अदिती बुढाथोकीसँग । अदिती बुढाथोकी अनमोललाई उल्कै मन पराउँथिन् । र धेरै सेलिब्रेटीको झैं उनीहरूको भेट पनि सुटिङ सेटमै भएको थियो । ‘कृ’ मा अनमोल र अदितीले सँगै अभिनय गरेका थिए । तर, प्रचार प्रसारका क्रममा अनमोल मात्र हाइलाइट भएपछि अदिती रुष्ट बनेकी थिइन् । पछि फिल्म रिलिज भएपछि अनमोलको मात्र चर्चा भएपछि अदिती मुम्बई हानिएकी थिइन् । योसँगै अनमोल र अदितीको माया प्रेम फिल्म चलुन्जेल मात्र चलेको थियो ।
अदिती र अनमोलको प्रेम मिडियासम्म आइपुगेको थिएन तर सारा सिरपाइली र अनमोलको अफेयरको खबर भने मिडियासम्म पनि आइपुगेको थियो । दुवैले इन्स्टामा एक अर्कालाई फलो गरेपछि सुरु भएको प्रेमको आशंका अनमोल साराको जन्मदिन मनाउन नगरकोटसम्म पुगेको खबर पछि लगभग पुष्टि भएको थियो । भर्खरै मात्र थाहा भयो सारा र अनमोलको ब्रेकअप भइसकेको रहेछ ।
यतिबेला भने अनमोलको नाम आज्ञा कारन्जितसँग जोडिएको छ । ‘पारस’का लागि हिरोइन खोजिरहेको चर्चाबीच अनमोल र आज्ञा इन्स्टा स्टोरीमा देखिन थालेका थिए । सबैको अनुमान थियो, आज्ञा ‘पारस’की हिरोइन हुन् । केही अनलाइनमा समाचार पनि आएको थियो ।
तर, आज्ञा पारसको नभई अहिले अनमोलको हिरोइन रहेको आशंका गर्न थालिएको छ । ‘फिल्म’का लागि भने भुवन केसीले अर्कै हिरोइन फाइनल गरिसकेका छन् जो अहिले ‘पारस’का लागि अभिनय र नृत्य सिकेर तयार हुँदैछिन् । उनीहरूले फिल्म सुटिङमा जानुअघि हिरोइन सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् ।
आज्ञा र अनमोलबीच अफेयरको आशंका त्यतिबेला गहिरो भएको थियो जब दुवै एक साथ दार्जिलिङ गएका थिए । उनीहरूको दुवैको इन्स्टा पछ्याउने हो भने आज्ञाले दार्जिलिङमै अनुहार नदेखिएको हात समातेर मायामा परेको संकेत गरेकी छिन् भने त्यहीँ एकै लोकेसनमा खिचेका फोटो पनि छन् । एकै ठाउँमा फोटो खिचेको भए पनि अनमोल र आज्ञा एकै फ्रेममा भने छैनन् । यसले पनि दुवैबीच अफेयर रहेको शंकालाई बल पुर्याउँछ । साथी मात्र थिए भने सँगै फोटो खिच्न कुनै अप्ठेरो हुन्थेन ।
दुवैको अफेयरलाई बल पु¥याउने अर्को प्रमाण हो, आज्ञाले अनमोललाई गरेको बर्थ डे विश । मंगलबार अनमोलले २७ औं जन्मदिन मनाए । मध्य दिउँसो घरमा केक काटेका अनमोल त्यसपछिको समयमा भने आज्ञासँग रहेको आज्ञाले राखेको फोटोले देखाउँछ ।
त्यति मात्र होइन आज्ञाले अनमोललाई जन्मदिनमा शुभकामना दिँदा ‘समवन्स बर्थडे’ भनेर स्पेसल तरिकाले शुभकामना दिएकी छिन् । सँगै उनले आकु लेखेकी छिन् । आजभोलि प्रेममा रहेका जोडीले अक अर्काको अल्फाबेट बनाएर नाम राख्ने गरेका छन् । यस हिसाबले पनि अनमोलको ए र करन्जितको के जोडेर ‘आकु’ बनाएको अनुमान गर्न सकिन्छ । पाटन स्थायी बसोबास गर्ने आज्ञा संघर्षरत मोडल हुन् । उनले केही म्युजिक भिडियो, एउटा सर्ट फिल्म र केही विज्ञापनमा काम गरेकी छिन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया