पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुगेपछि...

पोखरा - पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।
साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।
त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।
दिल्लीबाट काठमाण्डौँ आएका दुई वटा जहाज भिजिविलिटी कम भएकाले अवतरण हुन नसकेपछि लखनऊ नै 'डाइभर्ट' भएका थिए । भिस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया