दाहालको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकरणका सवालमा ऋषिराम कट्टेलले माग नै नगरेको विषयमा सर्वाेच्च अदालत बोल्नुलाई ‘त्रुटिपूर्ण आदेश’ जिकीरसहित दर्ता भएको निवेदन प्रक्रियामा लैजाने कि नलैजाने भन्ने विषयमा आज सुनुवाई हुँदैछ । दाहालले अदालतका स्थापित नजिर र सिद्धान्तको प्रतिकूल नेकपा एकीकरणका सवालमा आदेश दिएको जिकीरसहित बुधबार पुनरावलोकन निवेदन दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलास नम्बर-१ मा सुनुवाई हुँदैछ । इजलासले अनुमति दियो भने पुनरावलोकन प्रक्रिया अघि बढ्छ भने अनुमति मिलेन भने यो एकीकरण प्रकरण समाप्त हुनेछ ।
कानुन र संविधानबमोजिम एकीकरण भर्ई विपक्षीको हकदैयाभन्दा बाहिर अदालतले आदेश दिनुलाई ‘गम्भीर त्रुटि’ दावीसहित पुनरावलोकनका निम्ति दाहाल अदालत गएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र एकीकरण हुँदै नेकपा बनेको थियो । निर्वाचन आयोगमा पनि २०७५ जेठ २३ मा नेकपा नाममा पार्टी दर्ता भएको थियो ।
पछि ऋषिराम कट्टेलले त्यो पार्टी आफ्नो नाममा भएको जिकीरसहित दिएको निवेदनमा फैसला गर्ने क्रममा सर्वाेच्च अदालतले एमाले-माओवादी केन्द्र एकीरण अस्वीकृत गर्दै पूर्वावस्थामा पुर्याएको थियो ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया