धनुषामा आँपको बगैँचामा भेटियो बेवारिसे शव

जनकपुरधाम : धनुषामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका- ३ पर्सा पकडियास्थित आँपको बगैँचामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
शवको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनुवारका अनुसार उनको हत्या गरिएको हो वा आफै मृत्यु भएको हो भन्ने पनि खुल्न सकेको छैन ।
शव पोष्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । स्थानीयहरुका अनुसार मृतक गाउँमा मागेर खाने व्यक्ति रहेको तथा उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया