कास्कीमा खनाल-नेपाल समूहको समानान्तर कमिटी घोषणा
अध्यक्षमा धनराज आचार्य
पोखरा : नेकपा एमाले खनाल-नेपाल समूहले कास्कीमा समानान्तर कमिटी बनाएको छ । धनराज आचार्यको अध्यक्षतामा खनाल-नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको हो । सचिवमा होमबहादुर नेपाली चुनिएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितीमा खनाल-नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो ।
आचार्य रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । उनी पिएन क्याम्पसका पुर्व स्ववियु सभापती पनि हुन् । एमालेका वर्तमान कास्की अध्यक्ष कृष्ण थापा रहेका छन् ।
जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे लगायतको उपस्थिती थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि खनाल-नेपाल समूहले समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया