सेयर बजार सुधारको लागि समिति गठन गरिने

काठमाडौंँ - पूँजी बजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरिने भएको छ । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् ।
पूँजी बजारको समस्या समाधानको लागि अर्थमन्त्रालय सधैं सकारात्मक रहेको उनले कार्यक्रममा बोल्दै बताएका हुन् । नयाँ नेतृत्व आएदेखि सेयर बजार सुधारका प्रयासहरू भैरहेको बताउँदै शर्माले धितोपत्र बोर्डको स्वायत्ततासहितको नियामकको व्यवस्थाको लागि आफू तयार रहेको समेत बताए ।
धितोपत्र बजारमा प्रविधिको प्रयोगलाई बढाउनुपर्ने बताउँदै बजार विकासको लागि उचित समन्वय रहनुपर्ने बताए।
हाल बजारको अवस्था बिग्रिएकाले बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति गठन गर्ने अर्थमन्त्री शर्माले जानकारी दिए। सो समितिमा समितिमा अर्थमन्त्रालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष लगायत हुनेछन्।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया