सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा फेरिएन : गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार र मन्त्री फेरिए पनि मलको कथा नफेरिएको बताएका छन् । संसद्मा जारी मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै थापाले यस पटक पनि मलको अभाव हुने भन्दै सरकारलाई फरक तरिकाले काम गर्न आग्रह गरे ।
‘आज मात्रै कृषि मन्त्रालयले निकालेको वक्तव्यअनुसार असार मसान्तसम्ममा १ लाख ९२ हजार मेट्रिक टन मल आउँछ भनिएको छ,’ उनले भने, ‘तर त्यति मल आउँदैन । आउन सक्दैन ।’ उनले दिनको २ हजार मेट्रिक टन भन्दा बढी आउन नसक्ने बताए ।
‘अहिले मौज्दात ७ हजार मेट्रिक टन छ । २० हजार बाटोमा छ भनिएको छ,’ उनले भने, ‘दिनको २ हजार मेट्रिक टन भन्दा बढि आउन सक्दैन । यो फेरि अहिले मात्रै भएको होइन । गएको सालपनि मनसुन राम्रो भयो तर मलको कारणले हामीले ठूलो लस गर्यौँ । त्यो भन्दा अगाडिको साल पनि सरकार फेरियो । मन्त्री फेरिए । तर मलको कथा जहिल्यै पनि यस्तै रह्यो ।'
अघिल्ला सालका पत्रिका पल्टाएर हेर्दा मलको कथा उस्तै देखिने उनले बताए । मनसुनको सहजता हुँदा मलको कारणले उत्पादनमा चुकेको उनकाे भनाइ छ । उनले यसका लागि नयाँ तरिकाले काम गर्न समेत सरकारलाई आग्रह गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया