सेयर बजार सुधारको लागि दर्जन बढी काम गरेको छु : रमेशकुमार हमाल

काठमाडौंँ - नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक भएको बताएका छन्। बुधबार बोर्ड स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा बोर्डका हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्।
अध्यक्ष हमालले लगानीकर्ताहरूले मनोबल उच्च बनाउने काममा आफू लागि परेको बताए। बजार गिरावट आउनुको मुख्य कारण बैंकमा लगानीयोग्य रकम नहुनु तथा कोभिडका कारण विश्वभर आएको आर्थिक मन्दी नै कारक भएकोले लगानीकर्तालाई मनोबल उच्च राख्न समेत उनको भनाइ थियो।
पछिल्लो समयमा मर्जरको समयमा लामो समय सेयरधनीको सेयर रोक्का भएर बस्नु परेको अवस्थालाई सम्बोधन गर्न समेत लागि परिरहेको उनले बताए । आफूले ४ महिना भित्रमा सेयर बजार सुधारका लागि दर्जन बढी काम गरेको उनले बताए।
बोर्डबाट चार महिनाभित्रमा वैदेशिक रोजगारीमा विदेशिएका नेपालीलाई आइपिओमा १० प्रतिशतको कोटा छुट्याउने व्यवस्था कार्यान्वयन गर्ने र गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानीको अवसर दिने समेत हमालको भनाइ छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया