जर्मनीविरुद्धको खेल अघि इंग्ल्यान्डका समर्थक पक्राउ

काठमाडौँ – नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड र जर्मनीबीचको खेल अघि इंग्ल्यान्डका समर्थकहरु पक्राउ परेका थिए । स्काइस्पोर्टसले जनाए अनुसार इंग्ल्यान्डका ७ समर्थक पक्राउ परेको जनाएको छ । खासमा उनीहरुले दोस्रो विश्वयुद्धलाई लिएर जर्मनीविरुद्ध नारा लगाउनुका साथै गीत समेत गाएको आरोप छ ।
सातै जनामाथि जर्मन प्रहरीलाई दुर्व्यवहार गरेको, प्रहरी अधिकारीलाई कुटपिट गरेको, नाजी सलामी दिएको तथा होटलको कोठामा पाइरोटेक्निक राखेको जस्ता आरोप समेत लगाइएको छ ।
यसैबीच जर्मनीको एलियन्ज एरेनामा मंगलबार राति भएको खेलमा इंग्ल्यान्ड र जर्मनीले १-१ गोलको बराबरी खेलेका छन् । होफम्यानले ५० औं मिनेटमा जर्मनीलाई अग्रता दिलाएपनि इंग्ल्यान्डका ह्यारी केनले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया