सिडी रेसियो ९० प्रतिशत तल झर्यो

काठमाडौँ – बैंकहरूमा निक्षेप बढ्न थालेपछि कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशतभन्दा तल झर्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सिडी रेसियो ८९ दशमलव ९४ ओर्लिएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै सिसीडी रेसियो खारेज गर्दै सिडि रेसियो लागू गरेको थियो ।
बैंकहरूलाई चालू आर्थिक वर्षको असार मसान्तसम्ममा सिडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने अवस्था छ । बैंकले सार्वजनिक गरेको सोमबारसम्मको तथ्यांकअनुसार निक्षेप ४९ खर्ब ७३ अर्ब पुगेको छ । जसमा बाणिज्य बैंकहरूको निक्षेप संकलन ४३ खर्ब ९३ अर्ब रहेको छ। निक्षेप बढ्न थालेपछि बजारमा विद्यमान तरलतामा केही कमी आउने देखिन्छ ।

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एसबीआई बैंक र एनसीएचएलबीच सम्झौता

हिमालयन बैंकको लमजुङ गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहि…

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १०००० विरुवा वृक्षारोपण गरीद…

प्रतिक्रिया