गायिका कँडेलको रोइलाभाका ‘कहाँ हो तिम्रो मावल’ बजारमा

काठमाडौँ - गायिका ऋतु कँडेलले ‘कहाँ हो तिम्रो मावल ?’ बोलको रोइला लोकगीत सांगीतिक बजारमा ल्याएकी छिन् । गीतको म्युजिक भिडियोमा गायिका कँडेलसँगै गायक शिरीष देवकोटाको सुमधुर स्वर छ ।
गीतको शब्द तथा संगीत पनि देवकोटाको नै रहेको छ । नेपालमा ठट्यौली शैलीको रोइला भाका धेरैले रुचाउने गरिन्छ । गायक शिरीष रोइला गीतमा लोकप्रिय मानिन्छन् ।
काजीस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक गायिकासँगै मोडल अञ्जली अधिकारी र लोमस शर्माले अभिनय गरेका छन् ।
मौलिक शब्दहरूलाई समेटेर बनाइएको नयाँ भाकाको यो गीत दर्शक स्रोताले मन पराउने विश्वास गायिका कँडेलको छ । एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका कँडेलका थुप्रै गीत लोकप्रिय छन् ।
उक्त गीत कँडेलको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया