बिजनेसविहीन सदन, फटाफट अघि बढ्दै संसदीय समिति

काठमाडौँ : प्रतिनिधि सभा बिजनेस विहीन बनेको छ । सरकारले काम नदिँदा पुनर्स्थापित संसद् शोक प्रस्ताव पारित गर्ने, शून्य समय र विशेष समय चलाउने गतिविधिमै सिमित भएको देखिन्छ ।
तत्काल संसदबाट पास हुनुपर्ने विधेयक पाइपलाइनमा छन् । जसलाई लामो समय लगाएर संसदीय समितिले टुंगो लगाएको थियो। नागरिकता विधेयक, संघीय निजामती कर्मचारीसँग सम्बन्धित विधेयक लगायतका महत्वपूर्ण ऐन तत्काल पास हुनुपर्ने छ । तर, सरकारले बिजनेस नदिँदा यस्ता महत्वपूर्ण विधेयक संसद्मा बन्धक बनेका छन् ।
सरकारले संसद्लाई बिजनेस नदिएका बेला प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिले भने आफ्नो काम फटाफट गरिरहेका छन् । बिहीबार मात्र पाँचवटा समितिले संसदीय छलफल बोलाएका छन् ।
जसमध्ये कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ११ बजे छलफल बोलाएको छ । यो समितिले हिम चितुवा संरक्षणका सम्बन्धमा र विधिध विषयमा छलफल गर्ने सूचना सार्वजनिक गरेको हो ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले साढे ११ बजे छलफल बोलाएको छ । समितिले जारी गरेको सूचना अनुसार समितिले आजको छलफलमा 'कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक'माथि दफावार छलफल गर्ने भएको हो ।
सार्वजनिक लेखा समितिले पनि बिहीबार साढे ११ बजे छलफल बोलाएको छ । समितिले यो छलफलमा फास्ट ट्रयाक’को सुरुङमार्गको ठेकेदार छनौटका विषयमा बुझ्न रक्षा सचिव र नेपाल सेनाका अधिकारीलाई बोलाएको हो ।
समितिको जारी सूचना द्रुत-मार्गमा परेका तीनवटा सुरुङ-मार्ग र त्यससँगै पुल निर्माण, पुल निर्माणको ठेकेदार छनौटबारे बुझ्न रक्षा सचिव र सेनाका अधिकारीलाई बैठकमा बोलाइएको छ ।
त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिले पनि ११ बजे छलफल बोलाएको छ । समितिले कोभिड-१९ का सम्बन्धमा सरकारले गरेका काम कारबाही अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन उपर छलफल गर्नेछ ।
साढे ११ बजे संसदीय सुनुवाइ समितिले छलफल बोलाएको छ । समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको सुनुवाइ हुने भएको हो । सुनुवाइ समितिमा प्रस्तावित दुवै न्यायाधीशिवरुद्ध जम्मा ७ वटा उजुरी परेको छ ।
उजुरीमाथि आज सुनुवाइ हुने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यसअघि गत चैत ४ गते समितिले सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया