श्रीलंकामाथि अष्ट्रेलियाको शानदार जित
काठमाडौँ – घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी खेल अष्ट्रेलियाले १० विकेटले जितेको छ । जितसँगै ३ खेलको सिरिजमा पाहुना टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।
मंगलबार राति कोलम्बोमा भएको खेलमा अष्ट्रेलियाले १ सय २९ रनको लक्ष्य कुनै पनि विकेट नगुमाएर १४ ओभरमा पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रन तथा कप्तान आरोन फिन्चले अविजित ६१ रनको योगदान गरे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो । श्रीलंकाका लागि चारिथ असालाङकाले ३८ तथा पाथुम निसांकाले ३६ रन जोडे ।
अष्ट्रेलियाका लागि जोश ह्याजलउडले सर्वाधिक ४ तथा मिचेल स्टार्कले ३ विकेट हात पारे ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया