बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

'फास्ट ट्रयाक'बारे छलफल गर्न लेखा समितिले रक्षा सचिव र सेनाका अधिकारीलाई बोलायो

फाइल फोटो

काठमाडौँ : संसदको सार्वजनिक लेखा समितिले ‘फास्ट ट्रयाक’को सुरुङमार्गको ठेकेदार छनौटका विषयमा बुझ्न रक्षा सचिव र नेपाल सेनाका अधिकारीलाई बोलाएको छ । समितिले यस विषयमा छलफल गर्न बिहीबार बिहान साढे ११ बजेको बैठकमा रक्षा सचिव रेश्मिराज पाण्डे र सेनाका अधिकारीलाई बोलाएको हो । 

द्रुत-मार्गमा परेका तीनवटा सुरुङ-मार्ग र त्यससँगै पुल निर्माण, पुल निर्माणको ठेकेदार छनौटबारे बुझ्न रक्षा सचिव र सेनाका अधिकारीलाई बैठकमा बोलाइएको समितिका सभापति भरतकुमार शाहले बताए । 

‘त्यो ठेक्काको ‘प्रिक्वालिफिकेसन’मा एकै ठेकेदार कम्पनी छनौटबारे जानकारी खोजिएको हो’ समितिका सभापति शाहले इकागजसँग भने, ‘त्यो विषयमा उहाँहरुले निर्णय लिनुको आधार र औचित्य खुलाएपछि समितिले आफ्नो निर्णय लिन्छ ।’