सुर्खेतमा सात वर्षीया बालिका मृत भेटिइन्, हत्याको आशंका

सुर्खेत - चार दिनदेखि हराइएकी सुर्खेतकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ बेतेनी की ७ वर्षीय बालिका ग्रीस्मा विकको शव फेला परेको हो ।
शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन् । उक्त दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट प्रहरीकोमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा आज बिहान फेला परेको छ । चोट लागेको अवस्थामा बालिकाको शव फेला परेकोले उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरीले शंकास्पद स्थानीय २० वर्षीय घनश्याम विकलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ। प्रहरीले घटनाको स्थलगत रुपमा अनुसन्धान गरिरहेको बताएको छ ।
मृत अवस्थामा ७ वर्षीया बालिका फेला परेको र प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी कार्कीले बताए ।
घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेकाले पूर्ण विवरण नआईसकेको डिएसपी कार्कीले बताए । पोस्टमार्टमपछि हत्या भए नभएको रिपोट आउने उनले बताए ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया