एक हप्तादेखि हराएका बालकको शव फेला

जनकपुर - धनुषामा एक हप्तादेखि हराइरहेका एक बालकको शव फेला परेको छ । बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो ।
एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा छाप्रोमा बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए ।
जनकपुरधाम–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ वसविट्टीस्थित दूधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
बरहीको परिवार घुमन्ते जीवन बिताइरहेका थिए । बालकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया