एकैपटक धेरै आयोजना अघि सार्दा एउटा पनि नबन्ने अवस्था आउँछ : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले कम अंकको टेन्डर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्ने बताए ।
उनले ०७२ सालमा पारेको बजेट अहिले पनि कार्यान्वयन हुँदैछ भने यस्तो अवस्थामा एकैपटक धेरै आयोजना छुट्याउन नहुने बताए ।
सद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक आयोजना बनाउन बेहोरेको सास्तीबारे फेहरिस्त प्रस्तुत गरे । उनले सडक समयमै बनाउन भन्दै निर्माण व्यवसायीको घरमा पुगेको, सडक कार्यालयमा धर्नासमेत दिइएको स्मरण गरे ।
उनले अहिले काठमाडौं वरिपरिको सडक फोहोरले भरिएको भन्दै हिजोको नेतृत्वले राम्रो काम नगरिदिएकाले यस्तो अवस्था आइरहेको उल्लेख गरे । फोहोर व्यवस्थापनका विषयमा अहिलेको काठमाडौं महानगर र सहरी विकास मन्त्रालयको नेतृत्वले उचित निर्णय लिइरहेको भन्दै प्रशंसा पनि गरे ।
फोहोर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै उनले यस वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाउन सुझाव दिए । फोहोर व्यवस्थापन गर्न अर्बौ रुपैयाँ चाहिने भएकाले उनले फ्लाइओभर र अन्डरपासको काम थाती राखेर फोहोर व्यवस्थापनमा जुट्न आग्रह गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया