नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौँ – आगामी वर्ष दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकपमा नेपालले स्थान बनाउन असफल भएको छ । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो ।
नेपालले चार मध्ये २ खेलमा जित तथा २ खेलमा पराजित भएपछि नेपाल एक खेल अगावै विश्वकपमा छनोट नहुने सुनिश्चित भएको हो । नेपालले अन्तिम खेल मलेसियासँग खेल्नेछ ।
यता जारी प्रतियोगिता अन्तर्गत समान चार-चार खेल खेलेका युएई र थाइल्यान्ड मध्ये एक टिम विश्वकपमा स्थान बनाउने निश्चित भएको छ ।
चौथों खेलमा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ५ बलमा अलआउट हुँदै मात्र ४० रनमा सिमित भयो । नेपालका लागि साना प्रविणले ६, अनु कडायतले ५, अन्जली विश्वकर्माले ३, कृतिका मरासिनीले ३ तथा श्रृष्टी जैसीले ७ रन जोडिन् । थाइल्यान्डका लागि नन्थिता बुनसुखमले सर्वाधिक ३ विकेट हात पारिन् ।
यसअघि मलेसियाको युकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोड्यो ।थाइल्यान्डका लागि थिपाचा पुथाओङले सर्वाधिक २० रनको योगदान गरिन् । बान्थिडा लिफाथनाले १९ रन बनाइन् । सुवानन खियाटोले १६ रन जोडिन् ।
नेपालका लागि कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २-२ विकेट हात पारे । स्नेहा महराले १ विकेट लिइन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया