दरबारमार्गमा काली गुञ्जन

काठमाडौं - गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले गत शनिबार काठमाडौंवासीलाई नचाएका छन् । कोभिड महामारीपछि पहिलोपटक दर्शकमाझ उपस्थित कालीले दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित दर्शकसँगै कलाकारहरुलाई ‘कालीप्रसाद बासकोटा लाइभ’मा आफ्ना गीतमार्फत नचाएका हुन् ।
कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदिपध्वज थापाले गीत गाउँदा उनलाई गीतारमा चन्दनध्वज केसीले गीतार तथा स्वर र पुरस्कार खड्काले गीतारमा साथ दिएका थिए ।
रातिको ११ बजे स्टेजमा देखिएका कालीले ‘हेराईका थलहरू’सहित कुल ११ वटा आफ्ना गीत गाएका थिए । उनले ‘साइली’, ‘नाचन मैया नाचन’ गीत गाउँदा उनको गीत सुन्न अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक अनमोल गुरुङ, हेमराज बिसी, गायक सनुप पौडेल र निर्देशक आसिफ शाह उपस्थित थिए ।
कार्यक्रममा निश्चलले कालीसँगै फिल्म ‘कबड्डी कबड्डी’को ‘नाचन मैया नाचन’ बोलको गीत गाएका थिए । यसै महिना नयाँ गीत ल्याउन लागेका गायक उदिपध्वजले एकै स्टेजमा कालीसँगै गीत गाउन पाउँदा खुसी लागेको बताए । पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन एम श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा दर्शक निकै रमाएका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया