जुम्ला जिससको निर्वाचन जेठ २९ गते

जुम्ला- नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए । जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले एक उपाध्यक्ष जितेको छ । चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ ।
जिससको नयाँ नेतृत्व चयनका लागि यही जेठ २९ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_k45Xh4LjLZ_oexcmmnn31hoivyyp74hjkqgpkvsmm3rkimlzykydwpidqivjqd2bs7wefed.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया