जनक शिक्षाले भन्यो- सबै जिल्लामा पुस्तक पुगेको छ, विद्यालयले खरिद नगर्दा विद्यार्थीले समयमा पाएनन्

काठमाडौँ- विद्यालयले पाठ्यपुस्तक खरिद नगर्दा विद्यार्थीले समयमा पुस्तक प्राप्त गर्न नसकेको जनक शिक्षा सामग्रीले जनाएको छ । स्थानीय विक्रेताकोमा पुस्तक उपलब्ध हुँदहुँदै समयमा विद्यालयले खरिद गर्न नसक्दा विद्यार्थीले पाउन नसकेका हुन् ।
जनक शिक्षा सामग्रीले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक ७७ जिल्लामा ढुवानी गरी जेठ ५ गतेदेखि विक्री वितरण गर्न थालिसकेको छ । सामग्रीका अनुसार स्थानीय विक्रेताले प्रादेशिक कार्यालयबाट पुस्तक नलैजाँदा विद्यार्थीले पाउन सकेका थिएनन् ।
विद्यालयले पाठ्यपुस्तक नपाएको भए स्थानीय विक्रेतालाई उपलब्ध गराउन सामग्रीले अनुरोध गरेको छ । कुन कक्षा र कति पुस्तक नपाएको सम्पूर्ण विवरण प्रादेशिक कार्यालय, सम्बन्धित स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रीय कार्यालयमा बुझाउन सामग्रीले अनुरोध गरेको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया