बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

बिमस्टेकको १७औं मन्त्रीस्तरीय बैठक आज

काठमाडौँः  बिमस्टेक राष्ट्रहरूका उच्च अधिकारीहरूको बैठकको विशेष सत्र भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । आज भर्चुअल माध्यमबाट हुने बिमस्टेक राष्ट्रहरूको १७औं मन्त्रीस्तरीय बैठक तथा अन्य एजेण्डामा बुधबार सम्पन्न उच्च अधिकारीहरूको बैठकले छलफल गरेको छ । 

उक्त विशेष सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव भरतराज पौडेलले काठमाडौँमा सन् २०१८ अगस्टमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका निर्णय कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । पौडेलले अधिकारीहरूलाई यी निर्णयहरू कार्यान्वयनमा ठोस पहल गर्दै यस क्षेत्रका मानिसहरूको साझा उन्नयन र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए । 

बिमस्टेकलाई अघि बढाउन नयाँ मानक स्थापित गर्ने संस्थाहरूको विकास, बिमस्टेक अन्तर्गतका सहयोगका विभिन्न क्षेत्र र उपक्षेत्रहरूको मूलप्रवाहीकरण, कानुनी संयन्त्र र दस्तावेजहरूको विकासका साथै विमस्टेकको बडापत्र, बिमस्टेकको कनेक्टीभिटी गुरुयोजना तथा सन् २०२० को बिमस्टेक सचिवालयको बजेट पुनरवलोकन तथा सन् २०२१ को बजेट अनुमानका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त विशेष सत्रमा बिमस्टेकलाई अघि बढाउन नयाँ मानक स्थापित गर्ने संस्थाहरूको विकास, बिमस्टेक अन्तर्गतका सहयोगका विभिन्न क्षेत्र र उपक्षेत्रहरूको मूलप्रवाहीकरण, कानुनी संयन्त्र र दस्तावेजहरूको विकासका साथै विमस्टेकको बडापत्र, बिमस्टेकको कनेक्टीभिटी गुरुयोजना तथा सन् २०२० को बिमस्टेक सचिवालयको बजेट पुनरवलोकन तथा सन् २०२१ को बजेट अनुमानका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै उच्च अधिकारीहरूको बैठकले १७औं बिमस्टेक मन्त्रीस्तरीय बैठकका लागि तयारी र बैठकपछि जारी गरिने संयुक्त वक्तव्यको मस्यौदा पनि तयार गरेको छ । 
बुधबारको उच्च अधिकारीहरूको बैठकमा परराष्ट्र मन्त्रालयका अतिरिक्त अर्थ, कानुन न्याय तथा संसदीय व्यवस्था, संस्कृति पर्यटन तथा नागरिक उड्ययन, उद्योग वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू उपस्थित थिए । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता