थिमिमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर - मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प १६२० नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्यांकरले आज ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
ट्यांकरको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
दुर्घटनामा संलग्न सवारी साधन र ट्यांकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया