आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै मसाल जुलुस

काठमाडौँ - इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टीम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सवारी साधनको नम्बर प्लेट देवनागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरुले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् । 

सो समूहले काठमाडौंको धोबीखोला करिडोरमा मसाल जुलुस निकालेका हुन् । मसाल जुलुस प्रदर्शनका क्रममा उनीहरुले `जनताको ढाड सेकेर माफिया पाल्दैनौ`, `भ्रष्टचार गर्न पाइदैन` लगायतका नारा लगाएका थिए ।