नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चल्यो

बुटवल - नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए ।
सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद थियो।
उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए।
घटनाबारे खबर पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा ११ जनाको टोली खटिएको छ। यादव अझै फरार छन्। गोलीले कसैलाई नलागेको कँडेलले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया