आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

बस दुर्घटनामा परि बेपत्ता भएका शिशुको शव भेटियो

फाइल फोटो

धनगढी । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमल बजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेला परेको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो । 

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमल बजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताए । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।