एक लाख घुस माग्ने नापीका सर्भेक्षक भ्रष्टाचार मुद्दामा

काठमाडौँ– नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले केसी र भट्टविरुद्ध सोमबार विशेष अदालतमा जरिवाना र सजाय दाबी मुद्दा दर्ता गरेको हो ।
अभियुक्तद्वयले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोग आयोगको छ । आयोगले दुवैलाई २०७८ चैत २२ मा घुससहित नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार, अनुसन्धानका सिलसिलामा नापी कार्यालय चावहिलका सर्भेक्षक केसी र अमिन भट्टको मिलेमतोमा जग्गा हाल साविकका क्रममा सेवाग्राहीसँग घूस पुष्टि भएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया