के नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुने सम्भावना छ ?

काठमाडौँ - आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तीन खेल खेलिसक्दा २ खेलमा जित र १ खेलमा पराजय भोगेको छ । नेपालले कतार र भुटानलाई पराजित गर्दा युएईसँग हार्न पुगेको छ ।
६ टिमको सहभागिता रहेको छनोटमा नेपालले अब केवल थाइल्यान्ड र आयोजक मलेसियासँग खेल्न बाँकी छ । अहिलेको अवस्थामा नेपालले ४ अंक जोडेको र उसले बाँकी दुबै खेल जितेमा ८ अंक हुन्छ । नेट रनरेट भने खेलपछि नै टुंगो लाग्नेछ ।
अर्कोतर्फ युएई र थाइल्यान्डले खेलेका तीनवटै खेलमा जित हात पारेका छन् । दुवै टोलीले समान ३ खेलबाट समान ६-६ अंक जोडेका छन् तर नेट रनरेटमा भने युएई धेरै माथि छ ।
आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपका लागि यस छनोट प्रतियोगिताबाट केवल एक टिमले स्थान बनाउनेछ । यसको अर्थ राउन्ड रोविनको आधारमा जारी छनोटमा शीर्ष स्थानमा रहने टोलीले नै दक्षिण अफ्रिकाको टिकट काट्ने छ ।
त्यसो भए नेपालको सम्भावना कस्तो छ ?
नेपालले अब आफ्ना दुवै (थाइल्यान्ड र मलेसिया) देशलाई पराजित गर्नुपर्छ भने युएईले बाँकी दुबै खेलमा पराजय भोग्नुपर्नेछ । अर्कोतर्फ युएई र थाइल्यान्डबीचको खेल हुन बाँकी रहेकाले थाइल्यान्डले युएईलाई पराजित गर्दा झिनो अन्तरको जितका लागि नेपालले अपेक्षा राख्नुपर्नेछ । अन्यथा नेट रनरेटमा नेपाल पछि पर्न सक्छ ।
तर उत्कृष्ट प्रदर्शन गर्दै आएको युएईले थाइल्यान्डबाहेक तुलनात्मक रुपमा कमजोर मानिएको कतारसँग खेल्न बाँकी छ । कतारले खेलेका तीनवटै खेलमा पराजय भोगेका कारण कतारले युएईलाई पराजित गर्ने सम्भावना कम छ ।
अहिलेको अवस्था हेर्ने हो भने युएई र थाइल्यान्ड नै विश्वकपमा छनोट हुने प्रमुख दावेदार टोली हुन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया